• २०८३ मङ्सिर ६ गते शनिवार

चोरीका पाँच मोटरसाइकलसहित पाँच जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, काठमाडौं। पाँच वटा चोरीका मोटरसाइकल र दुई वटा साइकलसहित प्रहरीले पाँच जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका अनुसार पाँच वटा मोटरसाइकल र दुई वटा साइकलसहित सिन्धुपाल्चोकको इन्द्रावतीका सुरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठ, सङ्खुवासभाको पाँचखपनका योगराज लिम्बु, झापाको बुद्धशान्तिका दिपेश मगर र सुर्खेतको मेलकुनाका विशाल रानालाई पक्राउ गरेको हो ।

उनीहरुले मोटरसाइकल चोरी गरेर सोरुममा लगेर अरुलाई बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस