• २०८३ बैशाख ५ गते शनिवार

फुङ्लिङ आगलागी, वृद्धाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका(४ मा आगलागी हुँदा एक वृद्धाको ज्यान गएको छ । कोप्चेको पुरानो गोसलाइनमा भएको आगलागीमा ६७ वर्षीया चुलीमाया लिम्बूको मृत्यु भएको फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानकारी दिए ।

सुरक्षा फौज र फुङ्लिङ नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको छ । आगलागी हुनुको कारण खुल्न सकेको छैन ।

स्थानीय रबिन लिम्बुको घरबाट सुरु भएको आगोले छिमेकी संगिता मादेनको घर पूर्ण रुपमा क्षति भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस