माघ २८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाले सरकारले एमसीसी पेश गर्न नदिएर बलमिच्याईं गरेको आरोप लगाएका छन् । शुक्रबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै भने, “सभामुखले सरकारले निणयार्थ पेश गर्नका लागि संसद्मा लैजना गरेका प्रस्तावलाई पेश नगरेर रोक्छु भन्न सभामुखको अधिकार छैन । उनले अनधिकृत ढंगले बलमिच्याईं गरका छन् । यो गठबन्धनको निरिहता हो ।”

पहिलेका सभामुख पनि अधिकार बाहिर गएको र हालका सभामुखले त्यसलाई निरन्तरता दिएको उनको आरोप छ । ओलीले सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसीका बारेमा दिएको विरोधाभाषपूर्ण अभिव्यक्तिले विकास परियोजनलाई भू–राजनीतिक द्वन्द्वकारुपमा अघि बढाउन भूमिका खेलेको आरोप लगाएका छन् ।
सत्ता गठबन्धनका एक नेताले पक्ष र अर्को नेताले विपक्षमा बोलेको भन्दै उनले पार्टी र जनतासँग फरक कुरा गर्दै दुई जिब्रे चरित्र देखाएर राष्ट्रिय हितलाई गम्भिर संकटमा धकेलेको आरोप लगाए ।