माघ २८, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ नियुक्त भएका शाखा अधिकृतलाई आधारभूत तालिमका लागि अनलाइनबाट सहभागिताका दर्ता फाराम भर्न आग्रह गरेको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले फागुन २ देखि ३५ औं आधारभूत सेवा प्रवेश तालिम सञ्चालन गर्दैछ । प्रशिक्षणमा लोक सेवा आयोगको माघ १६ को सिफारिस सूचनाअनुसार प्रशासन, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवाका ४ सय ८८ शाखा अधिकृत सहभागी हुँदैछन् ।