• २०८३ बैशाख २५ गते शुक्रवार

सशस्त्रका दुई डीआईजीले पाए अवकाश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माध २८ काठमाडौँ। सशस्त्र प्रहरी बलमा कार्यरत दुईजना डीआईजी खड्ग राई र मन्दिप श्रेष्ठले अवकाश पाएका छन् । सेवा अवधिका कारण उनीहरुले माघ २६ मा राति १२ बजेबाट अवकाशमा गएका हुन् । उनीहरु एआइजीको दरबन्दी थपेर बढुवा हुने प्रयासमा थिए । तर, सरकारले दरबन्दी थप नगरेपछि उनीहरुले अवकाश पाएका हुन् । पद थपेर एआईजीमा बढुवा भएको भएमा उनीहरुमध्ये एकजना सशस्त्र प्रहरीको महानिरीक्षक बन्ने बाटो खुल्थ्यो ।

सशस्त्रमा उनीहरुको ३० वर्ष पुरा भएको छैन् । तर, डीआईजीमा ५ वर्ष सेवा गरेको हुनाले सेवा अवधिका कारण अवकाश पाएका हुन् । दुईजनाको अवकाशसँगै सशस्त्र प्रहरीमा भावी नेतृत्वको प्रतिस्पर्धा प्रस्ट भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल २०७८ चैत २७ मा अवकाशमा जाँदैछन् ।
त्यसपछि एआईजी पुष्पराम केसी केही दिनका आईजिपी बन्नेछन् । केसीको अवकाशपछि राजु अर्याल, नारायणदत्त पौडेल र सिपी गौतमको बीचमा आईजीपी हुने प्रतिस्पर्धा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस