• २०८३ जेष्ठ ५ गते मङ्गलवार

एमसीसी पारित नगरे नेपालसँगको सम्बन्धमै पुनर्विचार गर्ने अमेरिकी चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २८, काठमाडौं । संयुक्त राज्य अमेरिकाले एमसीसी सम्झौता पारित गरी कार्यान्वयन नगरे नेपालसँगको सम्बन्ध नै पुनर्विचार गर्ने चेतावनी दिएको छ । अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लीले नेपालका सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई टेलिफोन गरी यस्तो चेतावनी दिनुभएको हो ।

अमेरिकी सहायक विदेशमन्त्री लीले हिजो बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै फोन गरी एमसीसी सम्झौता संसदबाट पारित गर्न आग्रह गर्नुभएको हो ।

त्यसो हुन नसके नेपाल र अमेरिकाबीचको सम्बन्धमा आउने दरारबारे पनि स्मरण गराउँदै उहाँले अमेरिका नेपालसँगको सम्बन्ध पुनर्विचार गर्न बाध्य हुने चेतावनी पनि दिनुभएको बुझिएको छ ।

अमेरिकाले सम्झौतामा पुनरावलोकन वा संशोधन नहुने प्रष्ट पार्दै अमेरिकी सहायक विदेशमन्त्री लिले सम्झौता संसदबाट पारित नभए चीनको हस्तक्षेपको रुपमा बुझ्ने समेत चेतावनी दिनुभएको छ । अमेरिकाले फागनु १६ गतेभित्र सम्झौता पारित गर्न अल्टिमेटम दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस