• २०८३ जेष्ठ २७ गते बुधवार

हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, मोरङ । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका–२, फँडानीमा पाहुना आएका ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या गरेको आरोपमा ८१ वर्षीय डम्बरबहादुर भुजेल पक्राउ परेका हुन् ।

भुजेलको आँगनमा बुढाथोकीको शव भेटिएको र टाउकोमा बन्चरो वा त्यस्तै धारिलो हतियारले प्रहार भएको जस्तो चोट देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस