कार्तिक २४, काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९५ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार स्थिर रहेर सोही मूल्यमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने घटेको छ । बिहिबार चाँदी तोलामा १० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।