• २०८२ असार २४ गते मङ्गलवार

कालिकोटमा मलामी गएका १३ जना हराएको पुष्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २४, काठमाडौं ।  कालिकोटमा मलामी गएका १३ जना हराएका छन् । कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना हराएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिएका छन् ।

पहिरोको जोखिममा गाउँका अन्य घरहरु पनि रहेकाले केही स्थानीयवासीले कालिका माविमा आश्रय लिएर बसेका छन । उक्त स्थानमा करिब १ सय घर रहेका छन् । जसमध्ये बालबालिकासहित अनुमानित ५ सयले स्कुलमा आश्रय लिएका छन ।

मौसम सुधार भएपछि हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गर्ने तयारी पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस