• २०८३ बैशाख १२ गते शनिवार

सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, धादिङ । दिनहुँ बिरामीको चाप बढेसँगै धादिङ अस्पतालले आकस्मिक कक्षको सेवा विस्तार गरेको छ । तीन शय्या क्षमताको आकस्मिक कक्षलाई शनिबारबाट १२ शय्यामा विस्तार गरिएको हो । आकस्मिक कक्ष सञ्चालन हुँदै आएका साना–साना कोठालाई पुनःनिर्माण गरेर एउटै कोठाबाट १२ शय्याको सुविधासम्पन्न आकस्मिक कक्ष सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए ।

डा. दिनेश रेग्मीलाई आकस्मिक शाखाको जिम्मेवारी तोकी दुई चिकित्सकर, मेडिकल अधिकृत र स्टाफ नर्सहरूले २४सै घण्टा सेवा उपलब्ध गराउने पनि अध्यक्ष धमलाले बताए । हाल अस्पतालमा बिरामीको चाप पनि अत्यधिक छ ।

Sharing

प्रतिक्रिया दिनुहोस