• २०८३ जेष्ठ १० गते आइतवार

सुदुर पश्चिममा भूकम्पको धक्का महसुस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २६, बैतडी । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । भूकम्पबाट क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

यसअघि गत जेठ २४, वैशाख २८ र वैशाख ६ गते पनि सुदूरपहाडमा भूकम्प गएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस