वैशाख २७, काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक आज ४४ दशमलव १६ अंकले बढेर २३ सय १३ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६७ अंकले बढेको छ । सेयर कारोबार रकम भने १ अर्ब ३५ करोडमा रोकिएको छ ।
दिनभर भएका २६ हजार ५६५ कारोबारबाट २२६ कम्पनीका ३३ लाख ३० हजार १५० कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ पुगेको छ । नेप्से परिसूचक बढ्दा करिब आधा दर्जन कम्पनीहरुको सेयरम ूल्य सर्किट लेभलमा कारोबार भएको छ ।
सबैभन्दा धेरै बढ्ने पहिलो नम्बरमा ङ्यादी ग्रुप, दोस्रो नम्बरमा बरुण हाइड्रोपावर र तेस्रो नम्बरमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।