• २०८३ बैशाख १४ गते सोमवार

संखुवासभा बस दुर्घटनाका घाइतेको उपचार प्रवन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संखुवासभाको मादीमा भएको बस दुर्घटनाले आफूलाई मर्माहित बनाएको बताएका छन् । ‘संखुवासभाको मादीमा भएको बस दुर्घटनाले मर्माहित भएको छु । दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु’ प्रधानमन्त्री देउवाले बिहीबार साँझ ट्वीटमा उल्लेख गरेका छन् ।

दुर्घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित उपचारको प्रवन्ध गर्न सम्वन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्री देउवाले बताएका छन् । बिहीबार बिहान मादीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने पाँच जना गम्भीर घाइते भएका थिए।

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस