• २०८३ जेष्ठ ३ गते आइतवार

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २९, मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, दारिमटारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान टिपरको ठक्करबाट चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मोटरसाइकलको पछाडि सवार बागलुङका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएका छन् । उनको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस