• २०८३ बैशाख ३ गते बिहिवार

मोरङबाट अवैध लागूऔषध सहित फक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, मोरङ । प्रहरीले बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट करिब २ ग्राम ७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित केरावारी गाउँपालिका-८ बस्ने ३५ वर्षीय मिकेनजी लिम्बुलाई बुधबार साँझ पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४१ प ६२५९ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटर चालक लिम्बुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस