माघ २७, बाँके । प्रहरीले नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट करिब ५२ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-४ बस्ने अछाम तुर्माखाद गाउँपालिका-७ घर भएका र अछाम पंचदेवल बिनायक नगरपालिका-४ घर भएका २ जना १८ वर्षीय किशोर रहेका छन् ।
लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।