• २०८३ बैशाख २७ गते आइतवार

राप्रपाको पदाधिकारी बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बस्दैछ । पार्टीको आन्तरिक विवाद र निर्वाचन आयोगले उठाएको विधानसम्बन्धी सरकोकारबारे छलफल गर्न आज पदाधिकारी बैठक बोलाईएको हो ।

धूम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने बैठकमा पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको कसरी अन्त्य गर्ने, पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने बताईएको छ । बैठकमा देशभर पार्टीको राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालनसम्बन्धी आवश्यक कार्ययोजनामा समेत छलफल हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस