• २०८३ बैशाख २१ गते सोमवार

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीलाई आर्मीले दियो ११७ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेटअन्तर्गत उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १ सय १७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १६ रनको योगफल तयार गरेको थियो ।

अन्तिम ओभरमा ९ विकेट गुमाएको आर्मीका सानु तामाङ रिटायर हर्ट भएका थिए । आर्मीका लागि ओपनर सोमपाल कामी ९ र हरि चौहान २१ बलमा ३ चौकासहित २० रन बनाएर पेभिलेन फर्किएका थिए । यस्तै, कप्तान विनोद भण्डारिले १७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २९ रन बनाए । रोहित पौडेल र कुशल मल्लले समान १० रनबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

कर्णालीको बलिङमा प्रकाश जैशीले सर्वाधिक ३ विकेट लिए । अनुज चुनरा २ तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले समान १ विकेट लिए । समूह ‘ए’ र ‘बी’ मा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको प्रतियोगिता माघ ५ गतेसम्म त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस