फागुन २५, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय १२ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय ५१ जना डिस्चार्ज भएका छन भने आज मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।