• २०८३ जेष्ठ २७ गते बुधवार

गहुँबारीमा एक महिलाको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, रौतहट । रौतहटमा एक महिलाको शव गहुँबारीमा फेला परेको छ । रौतहट प्रहरीका अनुसार ईशनाथ नगरपालिकामा एक विवाहीत १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको हो ।महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको छ ।

प्रहरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो । विवाह भएपनि उनी माइतीमै बस्दै आएकी थिइन् । शवलाई पोष्टमार्टम पछि थप अनुसन्धान हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस