माघ २६, काठमाडौं। काठमाडौँको धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार गएराती बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिँदा स्थानीय ३ बर्षीय श्रीयन पाण्डेको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा राति साढे ९ बजे धापासी स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने कार सहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।