• २०८३ बैशाख ३१ गते बिहिवार

कांग्रेस पदाधिकारी बैठक २ बजे बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । भोलि बस्ने कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो ।

बैठक बुधवार दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ। बैठकमा भातृ संस्थाको अवधि, आसन्न चुनाव, संसद्मा एमसीसी प्रवेशलगायत विषयमा समेत छलफल हुने जनाइएको छ ।

पदाधिकारी बैठक मंगलवार पनि बसेको थियो। मंगलवारको बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित थिए। मंगलवारको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनावलगायत विषयमा छलफल भएको बताइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस