• २०८३ जेष्ठ ४ गते सोमवार

सेयर बजारमा सामान्य गिरावट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २२, काठमाडौं ।  मंगलबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । आज नेप्से परिसूचक २.५७ अंकले घटेर १९५६ विन्दुमा आइपुगेको हो। यस्तै सेन्सेटिभ पनि १.१२ प्रतिशतले घटेको छ ।

आज १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ बराबरको २७ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा सामान्य अंकको गिरावट आउँदा पनि अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ३.९७, विकास बैंक ७.३०, होटल ३.७४, जलविद्युत १२.७४, उत्पादन तथा प्रशोधन ३६.५८, माइक्रोफाइनान्स २७.९२, टे«डिङ समूहको २९.४१ अंकले घटेको छ । यस्तै वित्त कम्पनीको ४.६५, जीवन बीमा ९३.६१, जीवन बीमा २३.४०, अन्य समूहको उपसूचक १४.१५ अंकले बढेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस