जेठ २५, काठमाडौं । बञ्चरेडाँडाका बासिन्दाद्वारा आज पनि फोहर फाल्न अवरोध गरेका छन । बञ्चरेडाँडाका स्थानीयवासी र प्रहरीबीच फोहर फ्याँक्ने विषयमा विवाद हुँदा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने स्थानीयवासीले ढुङ्गामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन् ।

हिजो मङ्गलवार प्रहरी परिचालन गरेर फोहर बोकेका गाडी बञ्चरेडाँडामा रहेको ल्यान्डफिल साइटमा पुर्याएकाे भए पनि आज बुधवार फाेहर बोकेका गाडी ल्यान्डफिल साइट पुग्न सकेका छैनन् । स्थिति तनावपूर्ण रहेकोले गाडी बाटोमै रोकिएका छन् । प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।
गएको सोमवार सहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहर फ्याँक्न दिने सहमति भएपछि हिजोदेखि फोहर बोकेका गाडी लगिएको भए पनि स्थानीयवासीले अवरोध गरेका हुन् ।