• २०८३ बैशाख ५ गते शनिवार

राष्ट्रिय युवा संघ नेपालद्वारा अख्तियारमा उजुरी दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । आर्थिक चलखेलमा इम्बोस्ड नम्बर प्लेट जबरजस्ती लाद्न खोजेको आरोपसहित नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ । संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा संघको टोली टंगालस्थित अख्तियार कार्यालय पुगेर इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता छानबिनको माग गरेको हो ।

संघले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको ठेक्का दिइएको भन्दै इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपी नराख्नुपर्ने कारण, एक महिनाभित्रै इम्बोस्ड जडान गर्नुपर्ने किन र जनतामाथि अस्वाभाविक महँगी र दबाब किन दिइएको भन्दै अख्तियारको ध्यानाकर्षण गराएको छ ।

Avatar

इम्बोस्ड नम्बर प्लेटमा सरकारले जबर्जस्ती गरेको भन्दै एमाले केन्द्रीय सदस्यसमेत रहेका राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष पौडेलले प्रधानमन्त्री देउवा पत्नी आरजुका भाइ भूषण राणाको सेटिङमा चलखेल भइरहेको आरोप लगाए ।

Avatar

उनले इम्बोस्ड नम्बर प्लेट सम्बन्धी काम गर्ने विदेशी कम्पनीको नेपाली एजेन्ट नै भूषण राणा रहेको भन्दै सत्य तथ्य बाहिर ल्याउन अनुरोध गरेका छन ।

Avatar

Avatar

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस