• २०८३ बैशाख ३१ गते बिहिवार

कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागे : केपी ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २५, चितवन। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् । नेकपा एमाले चितवनले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताप्रति सहानुभूति प्रकट गरे ।

जिन्दगीभर कांग्रेस भनेर हिंडेका कार्यकर्ताहरुको मन रोएको भन्दै उनले देश बनाउने अभियानमा लागेको एमालेमा आउन आग्रह गरे ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धम्काएर जनतासँग भोट मागेको भन्दै ओलीले प्रचण्डको छोरीलाई भोट नदिएर कुनै दुर्घटना नहुने गठबन्धन मात्र हार्ने बताए ।

प्रचण्डको धम्काउने बानी अझै नगएको उनकाे भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस