• २०८३ जेष्ठ ४ गते सोमवार

नेप्से परिसूचक २२०० अंकको बिन्दुतर्फ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २५, काठमाडौँ । घट्दो क्रममा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ सय अंकको बिन्दु नजिक आइपुगेको छ । पछिल्लो समय निरन्तर घटिरहेको नेप्से परिसूचक साढे १२ बजेसम्ममा ३२ अंकले घट्दै २२०५ अंकमा आइपुगेको हो ।

आज साताको पहिलो कारोबार दिन पनि सेयर बजारको ओरालो यात्रा कायम देखिएको छ । यतिबेलासम्म ३२ अंकले घटेर परिसूचक २२०५ अंकमा आइपुग्दा ४४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, अहिलेसम्म १० लाख ६२ हजार कित्ता सेयर किनबेच भइसकेको छ । यसअघि, बढेर ३२ अंक नजिक पुगेको परिसूचक निरन्तर घटिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस