• २०८३ मङ्सिर ६ गते शनिवार

आयोगद्वारा पत्रकार महासंघका अध्यक्षलाई २४ घण्टे स्पष्टीकरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २५, काठमाडौँ । निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसित २४ घण्टे स्पष्टीकरण मागेको छ ।

आयोगले निर्वाचन आचारसंहिता, २०७८ को प्रावधानमा गरेको प्रतिबद्धता स्मरण गर्न समेत आग्रह गरेको छ । “निर्वाचन आयोग, २०७८ कार्यान्वयन सन्दर्भमा आयोगबाट गत चैत २९ गते पोखरामा आयोजित कार्यक्रममा तपाईं सहभागी भएकै हो, यसमा तपाईंजस्तो पत्रकारले आचारसंहिता मान्दिनँ भन्न मिल्छ कि मिल्दैन ?,” स्पष्टीकरणपत्रमा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस