• २०८३ बैशाख १४ गते सोमवार

सुनको मूल्य : ताेलाकाे एक लाख तीन हजार रुपैयाँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, काठमाडौं । सुनको मूल्य मंगलबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ । चाँदीको मूल्यमा भने तोलमा १५ रुपैयाँको दरले घटेको छ । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ४१० रुपैयाँमा निर्धारण भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस