फागुन २४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, संसारभरका महिलाहरुमा समानताको हक स्थापित गर्ने प्रेरणादायी दिवस भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उहाँले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनीहरुमा सुस्वास्थ्य, सुख र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले शुभकामनामा भन्नुभएको छ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, संसारभरका महिलाहरुमा समानताको हक स्थापित गर्ने प्रेरणादायी दिवस हो। यस दिवसको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनीहरुमा सुस्वास्थ्य, सुख र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।