माघ २५,कपिलवस्तु।नेपालबाट अवैध तरिकाले भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणको केराउ सशस्त्र प्रहरीले कपिलवस्तुको मर्यादपुरबाट बरामद गरेको छ ।प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलिले नेपालबाट भारतको इटवातर्फ लैजाँदै गरेको करिब ५ लाख मूल्य बराबरको पाँच टन केराउ बरामद गरेको हो । प्रहरीले केराउ बोकेको भारतीय नम्बर प्लेटको यूपी ५५ टी २२९५ नम्बरको ट्रक पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले ट्रक चालक भारत सिद्धार्थनगर ग्राम इटवाका २७ वर्षीय धनप्रकाश अग्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको कपिलवस्तुका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।बरामद गरिएको केराउसहितको ट्रक भन्सार कार्यालय सुठौली पठाइने प्रवक्ता भण्डारीले जानकारी दिए ।