माघ २५, काठमाडौं । नेकपा एमालेका संसाद नेता मोहन बनियामाथि बलात्कारको आरोप लागेको छ । संसाद नेता बानियाँमाथि जुम्लाकी शाही थरकी शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन ।
शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा नेता बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन । माघ १९ गते राती अप्सरा होटलमा बसेको बेला बानियाले बलात्कार गरेको आरोप लागेको छ । शिक्षिका शाही जाहेरी दिन जिप्रका बाँके शुक्रबार नै पुगेकी थिइन । तर जाहेरी लिएर आउँछु भनेर निस्किएकी शाही त्यसपछि गएकी थिइनन् । उनी आइतबार प्रहरी अधिकारीलाई फोन गरेर जाहेरी लिएर आउँदैछु भनेकी सोमबार मात्र जाहेरी लिएर जिप्रका बाँके पुगेकी हुन् ।
शाहीको जाहेरी दर्ता नभएको बताइएको छ । उक्त घटनाका बारेमा बाँके प्रहरीले अनुसन्धान सुरु गरेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध परेको बलात्कारको जाहेरी माथि आज प्रकृया अगाडी बढाइने बताए । “संसाद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको” उनले भने ।
बानियाले आफुलाई २५ लाखको चेक दिए तपनि पछि खोसेर लागेको शिक्षिका शाहीले जाहेरीमा बताएकी छिन । त्यो रात दुई पटक कन्डम लगाएर बानियाले बलात्कार गरेको शिक्षिका शाहीले दाबी गरेकी छिन । दुई पटक कन्डम लाएर बलात्कार गरेको भन्दा प्रहरी अधिकृत आश्र्चय चाकित परेका छन ।
बलात्कृत शाहिको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकीे रहेको छ । प्रहरी अधिकृतसँग दिउँसो मात्र सम्पर्कमा आएका बानियाँले ‘महिलाले नभएको कुरा’ गरेको बताएको प्रहरीले जनाएको छ । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।