माघ २५, गोरखा । हिउँ खेल्न गएका गोरखा बारपाकका दुई जना बालक बेपत्ता भएका छन् । प्रहरीका अनुसार बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ का साइला घले र वडा नम्वर २ का करन घले गत बिहीवारदेखि सम्पर्कमा आएको छैन । उनीहरु दुवै १६ वर्षका हुन् ।
हिउँ खेल्न भन्दै यही माघ २० गते उनीहरु लाप्राक गएका थिए । खाना खाएर घरबाट निस्किएका उनीहरु त्यसयता सम्पर्कमा छैनन् । छोरा हराएको भन्दै आफन्तले २३ गते बारपाक प्रहरी चौकीमा मौखिक जानकारी गराएका थिए ।
खोजी गरिदिन भन्दै उनीहरुले जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन समेत बुझाएका छन् ।जानकारी पाएपश्चात उनीहरुको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।