• २०८३ असोज ७ गते बुधवार

दाङबाट चरेससहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

दाङ, २५ माघ । दाङबाट आठ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार रुकुमको भुमे गाउँपालिका वडा नम्बर ९ चुनवाङ घर भइ घोराही उपमहानगरपालिका नयाँ बसपार्क बस्ने ५० वर्षीय दलबहादुर कामी र घोराही उपमहानगरपालिका वडा नम्बर– १८ गिठेपानी बस्दै आएका ५९ वर्षीय कर्णबहादुर पुनलाई पक्राउ गरेको हो ।

दलबहादुर कामीको कोठाबाट ७ किलो ७ सय ७९ ग्राम लागुऔषध चरेससहित उनीहरुलाई पक्राउ गरेको हो । प्लास्टिकको बोरामा हरियो पोलिथिन भित्र लामो, चेप्टो पोका बनाएर राखेको अवस्थामा १६ वटा पिस बरामद भएको प्रहरीको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस