• २०८३ जेष्ठ २७ गते बुधवार

घर आउँदै छु भनेका राजेन्द्रको  मृत्युको खबर आयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, कञ्चनपुर। वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बरुमा रहेका शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडकमा भएको दुर्घटनामा मृत्यु भएको छ । नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो ।

मृतकको शव जोहारको अस्पतालमा राखिएको छ । चौधरी मलेशियाको मेट्रोनिक इन्डस्ट्रिज एसडिएम डिएसडी जोहार बरुमा छ वर्षदेखि कार्यरत थिए । “काकाको छोरोका विवाहका लागि केही दिनमै घर आउँदै छु ।

केही सामानसमेत खरिद गरेको छु भनेर मलेशियाबाट राजेन्द्रले फोनमा कुरा गरेको थियो”, मृतकका छिमेकी बुद्धिराम चौधरीले भने, “फोनमा कुरा भएको केही दिनमै मृत्युको खबर सुनेका छौँ ।”पूरै परिवार र छिमेकी मृत्युको खबर सुनेपछि शोकमग्न भएको उनले बताए । मृतकको शव नेपाल ल्याउनका लागि मलेशिया काममा पठाउने दिपप्रोटेड मेनपावर कम्पनी, श्रमविभाग र राजदूतावासमा पहल भइरहेको चौधरीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस