• २०८३ बैशाख ९ गते बुधवार

एमालेकी नेतृ चौधरीले स्वतन्त्र उम्मेदवारी दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २१, काठमाडौं । नेकपा एमालेकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने भएकी छिन्। एमालेबाट दाङ-१ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी हुन् ।

‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु जनता भगवान हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ,’ चौधरीले भनेकी छिन्।

उनी नेकपा एमालेबाट ०७४ को प्रतिनिसभामा समानुपातिकतर्फ सांसद बनेकी थिइन्।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस