• २०८३ असार १९ गते शुक्रवार

तीन जना मृत अवस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौं । काठमाडौं, ललितपुर र डोल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–४ सुकेधारा धोवीखोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका–२२ फर्सिडोलस्थित बागमती खोला किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

डोल्पाको जगदुल्ला गाउँपालिका–२ स्थित नेपाल खाद्य संस्थानको भवनको खुल्ला ग्यालरीमा बिपिन भन्ने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस