• २०८३ भाद्र २४ गते बुधवार

नविना थारु मृत्यु प्रकारणमा गृहले बनायो छानबिन समिति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौं । गृह मन्त्रालयल स्थानीय र प्रहरीबीच झडप हुँदा एक युवतीको मृत्यु भएको घटनामा छानबिन समिति बनाएको छ ।मधुवन नगरपालिका वडा नं.२ मा सोमबार नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति बनाएको गृह मन्त्रालयले जानकारी जनाएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएका हुन्। समितिमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुब खड्का सदस्य छन्।

समितिलाई काम सुरू गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने निर्देशन दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस