• २०८३ भाद्र ३० गते मङ्गलवार

बर्दियामा प्रहरीको गोलीबाट मारिएकी नवीना थारुको घटनाबारे छानबिन गर्न संसदमा माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौं । सांसद विमला विकले बर्दियामा प्रहरीको गोलीबाट मारिएकी नवीना थारुको घटनाबारे छानबिन गर्न माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले सर्वसाधारण जनता वन्यजन्तुसँगै अब सरकारबाट समेत डराउनु पर्ने अवस्था आएको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिन् ।

उनले प्रहरीले चलाउनु नपर्ने अवस्थामा पनि गोली चलाएर नवीना थारुको हत्या गरिएको भन्दै उनले यो घटनाबारे छानबिन गर्न माग गरेकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस