• २०८३ जेष्ठ १ गते शुक्रवार

मुस्ताङ जिससमा एमालेको प्यानल नै निर्विरोध, कांग्रेसले उम्मेदवारी नै दिएन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, मुस्ताङ। जिल्ला समन्वय समिति मुस्ताङमा एमाले उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् । कांग्रेसले उम्मेदवारी नै नदिएपछि एमाले उम्मेदवार सर्वसम्मत भएका हुन् ।

५ पालिका रहेको मुस्ताङमा एमालेको ७ भोट र कांग्रेसको ३ भोट छ । एमालेले आइतबार नै आफ्ना उम्मेदवार टुंगो लगाएको थियो । योसँगै मुस्ताङ जिससको प्रमुखमा पुनः महिला नै दोहोरिने पक्का भएको छ । एमालेले प्रमुखमा वारागुङ मुक्तिक्षेत्र १ की वडा सदस्य माया गुरुङलाई उठाउने निर्णय गरेको छ भने उपप्रमुखमा घरपझोङ ३ का आइतेलाल थकालीलाई पठाएको छ ।

सदस्यहरुमा उमेश विक, शान्ता कुमारी विक र टसी ल्हामो सेन्चुरीलाई उम्मेद्वार उठाएको छ । अर्को सदस्य राप्रपालाई दिएको छ । राप्रपाबाट विमला परियार उम्मेदवार बनेकी छिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस