• २०८३ जेष्ठ २० गते बुधवार

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, भक्तपुर ।  प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान गरेका छन् । भक्तपुरस्थित युनिक नेपाल एकेडेमी लोकन्थलीबाट उनले मतदान गरेका हुन् । देशभर आइतबार सुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।

ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस