• २०८३ बैशाख १० गते बिहिवार

अपाङ्गता भएका व्यक्तिको सशक्तिकरणमा जोड दिँदै बोसिया संघ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरीप्रभा खड्गीले विभिन्न समस्याका कारण अपाङ्गता भएका व्यक्तिका लागि खेलकुद घरबाहिर निस्कने र मनोरञ्जनका साथै समुहमा मिलेर खेल खेल्ने अवसर प्रदान गर्ने बोसिया खेललगायत समय–समयमा नृत्य, गायनलगायत प्रतिभा प्रस्तुत गर्ने अवसर हुनुपर्ने बताउनु भकाे छ । अन्तर्राष्ट्रिय विकास एवं शान्तिका लागि खेलकुद दिवसको अवसरमा नेपाल बोसिया सङ्घले नेत्रहिन क्रिकेट सङ्घ र नेपालका लागि अष्टेलिया राजदुतावास सहयोगमा आयोजित कार्यक्रममा सहभागीहरूलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका उपप्रमुख खड्गीले उत्त कुरा बताउनुभएकाे हाे।

कार्यक्रममा नेपाल बोसिया सङ्घका अध्यक्ष गोमा पौडेलले विश्वव्यापी कोरोना महामारीपछि करिब दुई वर्षपछि खेलाडीहरू बोसिया खेलमा सहभागी हुन पाएर खुसी भएको बताउनुभयो ।

त्यसैगरी सङ्घका महासचिव देवु पराजुलीले खेलकुदमार्फत अपाङ्गता भएका व्यक्तिको सशक्तिकरणमा सङ्घले जोड दिदै आएको बताउनुभयो । उहाँले खेलकुदले व्यक्तिको शारिरीक, मानसिक शान्तिका साथै मनोरञ्जन, एकअर्कालाई देखेर केही सिक्ने र प्रेरित हुने अवसर पाउने बताउनुभयो ।

बोसिया खेलमा सहभागी खेलाडी सीता ढकालले हरेक महिनामा बोसिया खेल खेल्ने अवसर प्रदान गर्न माग गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस