• २०८३ जेष्ठ १७ गते आइतवार

मेरो लागि प्रचण्ड नै अभिभावक

जितेन्द्र थापा पढ्न लाग्ने समय : ६ मिनेट

चैत २४, सुर्खेत । नेपालमा २०५२ फागुन १ गते तत्कालिन बिद्रोही नेकपा माओवादीले जनयुद्ध घोषणा ग¥यो । २०५२ मा सुरु भएको जनयुद्ध २०५९ सम्म पुग्दा जनयुद्धले निकै ठुलो रुप लिसकेको थियो । अन्याय अत्याचारका विरुद्ध लड्नलाई जनयुद्धमा होमिने जनताको जनलहर नै चलेको थियो । जनयुद्धले धेरैका कोख रित्तिए ।

कैयौँका सिउँदो खाली भए । आमा बुबाले छोराछोरी त्यागे । छोराछोरीले आमा बाबु त्यागे । बुबा त्याग्ने मध्यका एक हुन जुम्लाको हिमा गाउँपालिका ५ का अम्मराज शाही (अम्मराज) । २०५९ मा उनी ६ वर्षका थिए । अहिले ३१ वर्षका पुगे । त्यो बेला नै उनका बुबा माओवादी युद्धमा होमिएका थिए । प्रहरी चौकी उनको घर नजिकै थियो । बुबा माओवादी भएको कुरा प्रहरीले थाह पाइसकेको थियो । उनी घरमा भएका बेला बेला बेला शाही सेना उनको घरमा गएर सोधि रहन्थ्यो । केही समयपछि बेला बेला उनलाई प्रहरी चौकीमै बोलाउन थाले ।

दैनिकजसो प्रहरीले चौकीमै बोलाउन थालेपछि उनको पढाइ निकै प्रभावित बनिसकेको थियो । आफ्नै घरमा बस्दा बेला बेला प्रहरीले सताउदा उनी मामाको घरमा जाने पलान गरेर मामाको घरमा पुग्छन् । मामाको घरमा पुग्दा पनि उनलाई सुख भएन । मामाको घरनजिक पनि प्रहरी चौकी थियो । प्रहरीको व्यवहारले दिक्क भएका उनलार्य प्रहरीले त्यहाँ पनि सताउन सतायो । कहिलेही विद्यालय देखिनै प्रहरी चौकी बोलाउथ्यो । कहिले मामाको घरबाट नै उनलाई शाही सेनाले प्रहरी चौकीमा बोलाउने गथ्र्यो । प्रहरीको नजरबाट टाढा पुगे भनेका उनलाई शाही सेनाले सताउन सतायो । माओवादी आन्दोलन चर्किहेकै थियो । एक्कासी अम्मरलाई भुँयचालो गएझै भयो । धर्ती फाट्यो, जमिन भासिएको भान भयो । राज्य पक्षको मुडभेटमाउनका २०५४ बुबा बिरजीत शाही ‘साहसी’ सहीद भए । जतिबेला अम्म्र ७ वर्षका थिए । उनको सानो सुखि परिवारमा एक्कासी ठुलो बर्जपात नै प¥यो । दीदी पनि माओवादी युद्धमै थिइन । इच्छुक सास्कृतिकको कलाकारिता टीममा स्याङजामा थिइन । गण्डक अभियानको क्रममा बुबा सहीद भएको केही वर्षपछि २०६० सालमा गण्डक अभियानमा दिदी पनि सहीद भइन् । परिवारका दुइजना सदस्य सहीद हुँदा अम्मरलाई ठुलो बिपत्ति आयो । ठुलो बिपत्ति आउदा पनि अम्मर कत्ति बिचल्लित भएनन् । बुबा र दीदीको मृत्यु पछि उनी मुडिएको खुकुरीमा सान लगाएझै अन्याएका विरुद्ध बुलन्द आवाज उठाउदै अन्याएका विरुद्ध खरो भएर उत्रिएका थिए ।

आमाको प्रेणाले यहाँसम्म
बुबा र दीदी सहीद भएपछि परिवारमा एक्लै एक्लै भए । तर, पनि कत्ति बिचल्लीत भएनन् । बुबा र दीदीले साथ छोडेर गए पनि आमाको प्रेणाले उनी निरन्तर परिर्वतन र अन्याए अत्याचारका विरुद्ध आवाज बुलन्द गरे । जाने मान्छे गइसके अब उनीहरुलाई सम्झेर दुखी भएर बस्नुभन्दा बुबा र दीदीका अधुरा सपना पुरा गर्नुपर्छ भन्ने कुरा आमाले उनलाई भनिरहन्थिन् । आमाको प्रेणा र सहासले गर्दा समाजलाई परिर्वतनको बाटोमा लैजानुपर्छ भन्ने सोचका साथ अघि बढेको उनी बताउँछन् ।

इण्डियाबाट अरुका बा घर आए बुबाको गहिरो यादमा
साविकको भेरी र कर्णाली अञ्चलका अधिकांश नागरिक भारत जाने गर्थे । त्यो चलन अहिले पनि छ । पैसा कमाउन र घर परिवार पाल्नका लागि अधिकांश कर्णालीबासीको रोजीरोटि भारतमा नै उत्पादन हुन्छ । चैत्र वैशाखका महिना पालुवा पलाएका हुन्थे । न्याउला र कोहीलीको बिरही भाकाले धेरेका मन मुटु छुन्थ्यो । त्यसै बेला भारतबाट पैसा कमाएर चैत्रमा घर फर्किनेको लर्को लाग्ने गथ्र्यो । सबैका बुबाले आफ्नो छोराछोरीलाई नयाँ लुगा कपडा, मिठाइ ल्याएका हुन्थे । त्यो देख्दा अम्मरलाई आफ्नो बुबाको झलझली याद आउथ्यो । बुबाको अभाव खडकिरहन्थ्यो । मन बुझाउन नसकेर घरको कुनामा गएर रोएर चित्त बुझाउथे । त्यो हुँदा हुँदे उनी ठुलो हुँदै गए । त्यस्ता कुरा उनलाई सामान्य लाग्न थाले । बुबा दीदी जे भए पनि आमा नै हो भनेर चित्त बुझाउदै आफ्नो र आमाको जिन्दगी बनाउने तर्फ पाइला डोहो¥याए ।

त्यसपछि समाजसेवामा
आफ्नो गाउँ आफै बनाउ भन्ने सोचले अम्मरले गाउँमा विभिनन सामाजिक काम गर्नसुरु गरेका थिए । बालकैमा गाउँ निर्माण र परिर्वतनका लागि बालक्लब निर्माण गरे आफ्नो क्षमता बढाउदै सामाजिक रुपान्तरण गर्दै रपान्तरणमा अहम भुमिका खेल्दै यहाँसम्म पुगेको उनी बताउँछन् ।

प्रचण्ड नै अभिभावक
माओवादी युद्धमा लागेर बुबा सहीद भए । बुबाको अधुरो रहेको क्रान्ति सफल पार्न सानै उमेरमा उनी पनि माओवादी भए । सानैमा बुबा, र दिदिले छोडेर गए पनि आमाले बुबा दिदिको अभाव हुन दिनुभएन,’शाहीले भने,‘जुन दिन देखि माओवादीमा होमिए । जुन दिन देखि प्रचण्डलाई चिने त्यो दिन देखि नै पुष्प कमल दाहाल

प्रचण्डलाई अभिभावक मान्छु ।’
सानैमा राजनीतिमा लागेका उनलाई प्रण्डको भाषण सुन्दा र प्रचण्डकै प्रेणाले गर्दा काम गर्ने जोश जाँगर आउने उनी बताउँछन् । गाउँमा हुँदा पनि विद्यार्थीका लागि उनी एक लिडर भएर काम गरे । विद्यालयमा पढ्दै गर्दा पनि विद्यालय प्रशासनलाई सही ठाउँमा ल्याउने, विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने । विद्यार्थीलाई आवश्यक खेलकुद सामग्री उपलब्ध गराउने काम समेत गर्थे । विद्यालयमा शिक्षक नियमित छन् छैनन् भन्ने विषयमा पनि विद्यार्थी तहबाटै बेला बेला नजर लगाइरहन्थे ।

समाज परिर्वतका लागि एनजीओको स्थापना
समाज रुपान्तरण गर्नका लागि नै जुम्लामा टुडिसि जुम्ला नामक एनजिओ समेत संचालन गरेको बताउँछन् । गाउँमा यता उता हिड्डुल गर्दा जनयुद्धका सहीद परिवारको नाजुक अवस्था देख्थे,’उनले भने, ‘त्यो अवस्था देख्दा सहीद परिवारका लागि केही गर्नुपर्छ भन्ने उद्धेश्यले २०६५÷६६ मा एनजिओको स्थापना गरेको थिएँ ।’ जनयुद्धका घाइते अपाङ्ग, सहीद परिवारका छोराछोरीलाई सस्था मार्फत शैक्षिक सामग्रि, परिवारलाई उत्पादनमा जोड् विभिन्न तालिमको व्यवस्था गरेका थिए । दुइ वर्षको एनजियो यात्रालाई बिट मार्दै २०६८ बाट सक्रिय राजनीतिमा लागेका थिए ।

२०६८ देखि सक्रिय राजनीतिमा
विभिनन सामाजिक कार्य गरेका शाही २०६८ सालबाट सक्रिय राजनीतिमा आएको बताउँछन् । अन्याएका विरुद्धमा लड्दै सक्रिय रुपमा राजनीतिमा लागेका थिए । सानै देखि क्रानितकारी स्वभावका शाही सानैमा पपनि अन्याएका विरुद्ध डटेर लढ्थे । सानैमा परिर्वतनका लागि सबै कुरा त्याग्न सक्ने त्यागी युवा युवा नेता शाही अन्याएका विरुद्ध लड्न कति पनि डराउदैन थिए ।

सानोमा डाक्टर बन्ने सोच
तत्कालिन समयमा कसैले कतै माओवादी पक्षबाट त कतै राज्य पक्षबाट जनतालाई ठुलो प्रभाव परेको थियो । बालबालिकाको अध्यन अध्यापन देखि बाल्यकालदेखि नै क्रानितकारी स्वभाव । अन्याए अत्याचारका विरुद्ध लड्दै परिर्वतनका लागि अग्रसर हुने युवा नेता हुन जुम्लाको सिंजा गाउँपालिका ५ का अम्मराज शाही ‘अम्मरजंग’ । नेकपा (माओवादी निकट विद्यार्थी संगठन अनेरास्वबियु क्रान्तिकारीका केन्द्रीय सचिव समेत रहेका शाही आवाजबिहिनहरुको आवाज हुन । शाही ६ कक्षा पढ्दा नै उनका बुबा जुम्लामा ६ कक्षा पढ्दै गर्दा माओवादी पार्टिमा आस्था राखिसकेका थिए ।

राजनीतिलाई व्यवसाय नबनाएर समाज सेवाका रुपमा हेर्नुपर्छ
अखिल (क्रान्तिकारी) अनेरास्ववियूका विद्यार्थी युवा नेता समेत रहेका शाहीले राजनीतिलााई व्यवसायका रुपमा नहेरी समाज सेवाका रुपमा हेर्नुपर्ने बताउँछन् । २०६८ सालदेखि सक्रिय राजनीतिमा लागेका ३० वर्षका शाहीले राजनीतिमा देखिएको विकृतिको अन्त्य गर्नुपर्ने बताएका छन् । हाम्रो समाजमा राजनीतिक भन्ने वित्तिकै सबैभन्दा सर्वश्रेष्ठ मैहो भन्ने संस्कार छ,’उनले भने, ‘यस्तो राजनीतिक संस्कारको सबैजना एकजुट भएर अन्त्य गर्नुपर्छ ।’ विकृति नै विकृति मिश्रण भएको अहिलेको राजनीतिको अन्त्य गरेर सबैलाइ राजनीतिमा लाग्ने बताबरण बनाउनुपर्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस