• २०८३ बैशाख ७ गते सोमवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काभ्रेपलाञ्चोक । पनौती नगरपालिका-१ थुम्की बस्ने ४५ वर्षीय रामकृष्ण केसीलाई करिब ७ केजी अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

केसीले आफ्नै घरमा अवैध रुपमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरीले घर तलासी गर्दा बोराभित्र लुकाइ राखिएको अवस्थामा उक्त लागू औषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस