• २०८३ बैशाख १५ गते मङ्गलवार

नेकपा एमाले काठमाडौं ७ प्रदेश १ को भेला तथा प्रशिक्षण सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २३, काठमाडौं । नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नं. ७ प्रदेश १ ले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश १ का संयोजक गोकुल वस्तीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला सह ईन्चार्ज कृष्ण राईले “आसन्न स्थानिय तहको निर्वाचन, संगठन सुद्धिकरण” भन्ने विषयमा प्रशिक्षण गराउनु भएको थियो । नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले अन्तरपाटी निर्देशिका बमोजिम पार्टी काम अगाडी बढाउन लाग्न निर्देशन सहितको प्रशिक्षण दिनु भएको थियो ।

क्षेत्र नं. ७ का संयोजक विदुर अर्यालले पार्टी विधी बिधानका बारेमा जानकारी दिनुभयो । जिल्ला कमिटी सचिवालय सदस्य ईन्दिरा पन्तले अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा हुने कार्यक्रम र दिवसका बारेमा जानकारी गराउनु भयो । कार्यक्रममा महानगर कमिटी अध्यक्ष निर्मल देउलाले राजनैतिक पृष्ठभुमी र महानगरको बारेमा जानकारी गराउनु भयो ।

यस्तै कार्यक्रमका अध्यक्ष वस्तीले स्वागत मन्तव्य सहित भेलाको औचित्वका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य कृष्णराई, बाग्मती प्रदेश सदस्यहरु श्याम घिमिरे, प्रकाश श्रेष्ठ, सिताराम रेग्मी, जिल्ला कमिटी अध्यक्ष दिपक निरौला, जिल्ला कमिटी सदस्यहरु विदुर अर्याल, गोपाल माली, न्युछेकाजी महर्जन, ईन्दिरा पन्त, गिता थिङ, पुर्णिमा श्रेष्ठ, सारदा सुवेदी, रचना राजउपाध्याय महानगर अध्यक्ष निर्मल देउला , राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष सन्तोष अर्याल लगायत महानगर कमिटी सदस्यहरु, वडा कमिटी सदस्यहरु, टोल सदस्यहरु सहित २०० जनाको उपस्थिती रहेको थियो । 

Sharing

प्रतिक्रिया दिनुहोस