• २०८३ बैशाख ४ गते शुक्रवार

भारतीय रेलबाट नेपाली युवाको मृत्यु

संजय कुशवाहा पढ्न लाग्ने समय : १ मिनेट

 माघ २६, नवलपरासी । भारतीय रेलबाट एक नेपालीको मृत्यु भएको छ । आईतवार साझ करिब ३ बजे भारतको उत्तर प्रदेशको नरकटियागन्ज मुख्य रेलमार्गको सिसवा घुघलीको बिच बंदीढालाको नजिक डाउन एक्सप्रेस रेलबाट दुर्घटना भई युवाको मृत्युु भएको हो ।

No description available.

मृत्यु हुने नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका वडा नम्बर ६ हरपुर बस्नेब बर्ष ३४ को श्रीनिवास कोईरी रहेका छन । प्राप्त जानकारी अनुसार भारतको कोठिभार थाना क्षेत्र स्थित बंदीढालाहुदै गोरखपुरबाट मुजप्परपुर जादै गरेको १९०३७ नम्बरको अवध एक्सप्रेसको रेल मार्गमा हामभाली कोइरी आत्महत्या गरेको बताइएको छ ।

कोईरीको शव अहिले पोस्टमार्टमका लागि भारतको महराजगंज जिल्ला अस्पतालमा राखिएको मृत्कका परिवारले जनाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस