• २०८३ असार १७ गते बुधवार

पत्रकारिता पुरस्कार प्रदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २३, भक्तपुर । नेपाल पत्रकार महासङ्घ भक्तपुरको २५औँ स्थापना दिवसको अवसरमा आज यहाँ दुईजना पत्रकारलाई पुरस्कृत गरिएको छ ।

महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले बाबुकाजी साछेँ श्रेष्ठलाई रु १० हजार राशिको भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कार र मोहन बल्ललाई रु दुई हजार ५०० राशिको मैंयादेवी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्नुभएको हो । पुरस्कार रकम महासङ्घको भवन बनाउन पुरस्कृत व्यक्तिले प्रदान गर्नुभएको छ ।

कार्यक्रममा महिला पत्रकारको प्रोत्साहनका लागि प्रत्येक वर्ष प्रदान गर्ने गरी लक्ष्मीभक्त शिल्पकार महिला पत्रकारिता पुरस्कारका लागि दाता लक्ष्मीभक्तले नगद २५ हजार शाखाका अध्यक्ष जगतकृष्ण प्रजापतिलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा केन्द्रीय अध्यक्ष पोख्रेलले पत्रकारको क्षमता विकासका लागि महासङ्घले आमसञ्चार प्रतिष्ठानको अवधारणा अघि सारेको बताउनुभयो । –––

Sharing

प्रतिक्रिया दिनुहोस