• २०८३ बैशाख ६ गते आइतवार

बाराको अमलेखगञ्जमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, बारा । बाराको अमलेखगञ्जमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको बागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेको हो ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर- २२ तीन नम्बर पुल नजिक यात्रुबाहक बस दुर्घटना हुँदा भएको हो । दुर्घटनामा १० जना पुरुष र ६ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी होविन्द्र बोगटीलाई उद्दत गर्दै हाम्रा बारा संवाददाता गुरु गौतमले जानकारी दिनुभएको छ । घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

बस सडकबाट करिब १ सय मिटर तल खसेको थियो ।

अरु १३ जना घाइते भएका छन । घाइतेहरुलाई उपचारका लागि मकवानपुर ल्याइएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस