• २०८३ बैशाख २७ गते आइतवार

चोरी मुद्दामा फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, झापा । चोरी मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका-१० बस्ने ३१ वर्षीय प्रकाश लामीछाने क्षेत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाको २०७६ चैत ४ गतेको फैसलाले चोरी मुद्दामा ६ महिना कैद तथा ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस