• २०८३ बैशाख ७ गते सोमवार

सेयर बजार दोहोरो अंकले ओरालो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २१.२२ अंकले घटेर १९ सय ५१ अंकमा आएर रोकिएको छ ।

योसँगै मंगलबार ३२ लाख ९ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ।

आज म्युचुअल फण्ड समूहमा सुधार आएको छ । सामूहिक लगानी कोष उपसूचक हरियो भए भने बाँकी ११ उपसूचक राताम्य छन्।

Sharing

प्रतिक्रिया दिनुहोस